म्याङलुङ्ग नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ |

संक्षिप्त परिचय

२०७१ साल बैषाख २५ को मन्त्रीपरिषदको निर्णयबाट ७२ वटा नगरपालिका कार्यन्वयन गर्ने निर्णय संगै यस म्याङलुङ्ग नगरपालिका साविकका म्याङलुङ्ग, तम्फुला, साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ्ग गाविस सहित ६ वटा गाविसहरु समायोजन भई २०७१ जेष्ठ ०५ गतेबाट विधिवत रुपमा उद्घाटन भई कार्यन्वयनमा आएको हो ।

यस नगरपालिकाले पुर्वमा खोरुंगाखोला , पश्चिमा पिगुवा खोला, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा तमोर नदी (पाँचथर जिल्ला) लाई छोई तेह्रथुम जिल्लालाई दुई भागमा बिभाजन गरेको छ । नेपालको संबिधान, २०७२ को मा भएको ब्यवस्था अनुसार देश संघियतामा गै सकेको अवस्थामा नेपाल सरकारले यस नगरपालिका लागी पुनः संरचनाको क्रममा यस नगरपालिकालाई नगरपालिकाकै रुममा कायम राख्दै हाल १० वटा वडामा विभाजन गरेको छ ।

यस नगरपालिकाको २०६८ सालको जनागदाना अनुसार जम्मा जनसंख्या १९,६५९ (महिला - १०,५५० र पुरुष - ९१०९) रहेको छ ।