FAQs Complain Problems

कृषि, पर्यटन, जलश्रोत, शुशासन र पुर्वाधार । स्वचछ, सुन्दर समृद्ध म्याङलुङ नगरको आधार ।।

 

Municipality basic information

Brief Introduction

२०७१ साल बैषाख २५ को मन्त्रीपरिषदको निर्णयबाट ७२ वटा नगरपालिका कार्यन्वयन गर्ने निर्णय सँगै यस म्याङलुङ्ग नगरपालिका साविकका म्याङलुङ्ग, तम्फुला, साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ्ग गाविस सहित ६ वटा गाविसहरु समायोजन भई २०७१ जेष्ठ ०५ गतेबाट विधिवत रुपमा उद्घाटन भई कार्यान्वयनमा आएको हो । यस नगरपालिकाले पुर्वमा खरङवा खोला, पश्चिमा पिगुवा खोला, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा तमोर नदी (पाँचथर जिल्ला) लाई छोई तेह्रथुम जिल्लालाई दुई भागमा बिभाजन गरेको छ । नेपालको संबिधान, २०७२ को मा भएको ब्यवस्था अनुसार देश संघियतामा गैसकेको अवस्थामा नेपाल सरकारले यस नगरपालिका लागि पुनः संरचनाको क्रममा यस नगरपालिकालाई नगरपालिकाकै रुममा कायम राख्दै हाल १० वटा वडामा विभाजन गरेको छ ।

यस नगरपालिकाको २०७८ शालको जनगणना अनुसार जम्मा जनसंख्या १८७५० (महिला - ९,५८१ र पुरुष - ९,१६९ रहेको छ |

 

 

सन्क्षिप्त परिचय

२०७१ साल बैषाख २५ को मन्त्रीपरिषदको निर्णयबाट ७२ वटा नगरपालिका कार्यन्वयन गर्ने निर्णय संगै यस म्याङलुङ्ग नगरपालिका साविकका म्याङलुङ्ग, तम्फुला, साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ्ग गाविस सहित ६ वटा गाविसहरु समायोजन भई २०७१ जेष्ठ ०५ गतेबाट विधिवत रुपमा उद्घाटन भई कार्यान्यनमा आएको हो । यस नगरपालिकाले पुर्वमा खोरुंगाखोला , पश्चिमा पिगुवा खोला, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा तमोर नदी (पाँचथर जिल्ला) लाई छोई तेह्रथुम जिल्लालाई दुई भागमा बिभाजन गरेको छ । नेपालको संबिधान, २०७२ को मा भएको ब्यवस्था अनुसार देश संघियतामा गै सकेको अवस्थामा नेपाल सरकारले यस नगरपालिका लागी पुनःसंरचनाको क्रममा यस नगरपालिकालाई नगरपालिकाकै रुममा कायम राख्दै हाल १० वटा वडामा विभाजन गरेको छ ।

यस नगरपालिकाको २०७८ सालको जनागणना अनुसार जम्मा जनसंख्या १८७५०  (महिला - ९,६३८ र पुरुष - ९,११२) रहेको छ |